Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कुख्यात भारतीय लागुऔषध कारोबारी पक्राउ, २६० ग्राम स्म्याक बरामद

काठमाडौं । नेपाल–भारत सीमावर्ती बजार बनबासाबाट भारतीय प्रहरीले कुख्यात लागुऔषध कारोबारी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंह रहेका छन् । उनलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

अभियुक्त सिंह मझोलाको बिडोराका स्थानीय बासिन्दा हुन् । भारतको चम्पावत जिल्ला प्रहरीका अनुसार सिंहको साथबाट ५० लाख भारु रुपैयाँ बराबरको २६० ग्राम लागूऔषध (स्म्याक) पनि बरामद गरिएको छ ।

नानकमता र बनबासा थानामा गरेर सिंह विरुद्ध लागुऔषध सम्बन्धी १५ मुद्दा रहेका भारतीय प्रहरीले जनाएको छ । सिंहको लागुऔषध गिरोहमा संलग्न अन्यको खोजी भइरहेको बताइएको छ । उनीमाथि भारतको चम्पावत जिल्ला प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077