Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच भेटवार्ता, राष्ट्रपति बनाउन प्रस्ताव

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आफूलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर अध्यक्ष ठाकुर बालकोट पुगेका हुन् ।

उनले आफ्नो नाममा राष्ट्रिय सहमति जुटान भन्दै लबिङ थालेका छन् । मंगलबार दिउँसो ठाकुरसहितका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले राष्ट्रिय सहमति गर्दा आफूहरूको समर्थन रहेको र आफूलाई साझा उम्मेदवारको रूपमा अगाडि बढाउन प्रस्ताव गरेका थिए । उनले यस विषयमा बृहत् छलफल गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077