Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्दै आयोग

    राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्दै आयोग

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 528
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

    आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार आज नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।



    फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली टुंग्याएको छ ।



    आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । बुधबार नै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिनेछ ।

    त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ  । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ  ।

    उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ  । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ  ।

    निर्वाचन भने फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ  । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार