काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर एक लाख ३ हजार रूपैयाँमै कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ कायम छ ।