Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले गठन गर्‍यो परामर्श समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ।

संयोजक राउत मधेश प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।

समितिको सदस्यहरुमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन्।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077