Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चेक बाउन्सको उजुरीमा काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो ।

चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको परिसरका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । ठूलो रकम ठगी गरेको भन्दै विभिन्न व्यक्तिले उनीमाथि उजुरी दिएका थिए ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए।

भेटवालले पछिल्लो समय काठमाडौंस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौं भ्यू टावरको ठेक्का पाएर निर्माण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077