Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झिलिमिलि बन्यो धनगढी–अत्तरिया ६ लेन सडक

कैलाली । कैलालीको धनगढी–अत्तरिया ६ लेन सडक झिलिमिलि बनेको छ । धनगढीमा पहिलो चरणको बत्ती जडानको काम पुरा भएपछि आज एक कार्यक्रमकाबीच सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सडक बत्तीको उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती स्मार्ट स्ट्रीट लाइट जडान गरेको हो ।

धनगढी अत्तरिया ६ लेन सडक अन्तर्गत बत्ती जडानका तीनवटा योजनामध्ये पहिलो चरणको योजना सम्पन्न भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम सकेको नगर प्रमुख गोपाल हमालले बताए ।

सडकमा करीब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको हमालले बताए। बत्ती जडानका लागि दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो ।

रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गर्न स्मार्ट स्ट्रिट लाइटले सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077