Online Nepal
  • शनिबार, १० साउन २०८२
  • भीम रावल भन्छन् – राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद र निन्दनीय

    भीम रावल भन्छन् – राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद र निन्दनीय

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको टिप्पणी गरेका छन् ।

    बिहीवार बिहान सामाजिक सञ्जालमार्फत डा. रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहत हुन्थ्यो तर त्यो नगरेको बताए ।



    ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झरिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

    केही दिन अघि भावी राष्ट्रपतिबारे अनेकौँ नाम र चर्चा चलिरहेका बेला भारतीय वुद्धिजिवी एसडी मुनीले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन सुझाव दिएका थिए । उनले नेपाली राजनीतिबारे चासो राख्दै सामाजिक सञ्जालमा ४ जनाको नाम लिएका छन् ।

    उनले देवेन्द्रराज पाण्डे, लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइराला नेपालको भावी राष्ट्रपतिका लागि उपयुक्त पात्र भएको सुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार