Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा प्रहरी जवान मृत भेटिएका छन् ।

दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक गए राति २ बजेर ५६ मिनेटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको कन्चटमा गोली लागेको छ ।

मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077