Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दयाहाङ र प्रकृतिको 'बिहे पास' काे टिजर सार्वजनिक (भिडिओ)

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म 'बिहे पास' को टिजर सार्वजनिक भएको छ।

बुधबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

बुधबार सार्वजनिक गरिएको टिजरमा दयाहाङ र प्रकृतिको बिहेको प्रसंग देखाइएको छ । प्रकृति सरकारी जागिरे रूपमा देखिएकी छन् । दयाहाङले भने सरकारी जागिर खोजी गरिरहेको टिजरमा देख्न सकिन्छ ।

प्रवेश पौडेलले निर्देशन गरेको फिल्म ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ।

शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

https://youtu.be/CNSWC7uzmik

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077