Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिमा कुरा टुंगिएको छैन, शुक्रबार एमाले र कांग्रेससँग कुरा गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किँदै गर्दा उनले सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् । उनले भने, ‘छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ।’

यस्तै उनले बिहान कांग्रेस नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताए ।

राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गरेका थिए । उनले बुधबारको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन् ।

साथै बिहीबार जसपासँगको छलफलमा उनले उपराष्ट्रपतिमा जसपालाई दिने विषयमा आफू सकारात्मक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077