Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चक्रपथ बिस्तार गर्न चिनियाँ पक्ष तयार

काठमाडौं । लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ्न सकेको थिएन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ पक्षले छिट्टै गर्ने प्रतिवद्धता गरेको बताएको छ। यो खण्डको सडक महाराजगन्ज, स्वयम्भू लगायतका केही स्थानमा बाहेक अन्य ठाउँमा कुनै अवरोध छैन। चिनियाँ पक्ष भने साइट क्लिरेन्स नभएको भन्दै काम अघि बढाउन तयार भएको छैन।

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कलंकी महाराजगन्ज सडक खण्डको अनुगमन गर्दै दोस्रो चरणको चक्रपथ विस्तारको काम छिट्टै सुरु हुने बताएका छन्।

‘दोस्रो चरणको चक्रपथ विस्तार गर्ने सम्बन्धमा नेपालका लागि चीनको राजदूतज्यूसँग पटक पटक छलफल भइसकेको छ,’ उनले भने ‘हामी दूवै पक्षबीच छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ।’

मन्त्री श्रेष्ठले सो खण्डमा केही स्थानमा रहेका विवादहरू सल्टाएर विस्तारको काम अघि बढ्ने सहमति भएको दाबी पनि गरे। ‘अहिले स्वयम्भू स्तुपा क्षेत्रको डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077