Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक जारी, पुरानो गठबन्धन ब्युँताउने कसरत

काठमाडौं । चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। त्यसका लागि शनिबार (फागुन १३ गते) मनोनयन दर्ताको तालिका छ।

कांग्रेसले नेकपा माओवादीसहित पुरानो गठबन्धनलाई ब्युँताएर राष्ट्रपति लिन खोजिरहेको छ। दलहरूसँग सहमति गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने तयारीमा कांग्रेस छ।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूसँग पनि बारम्बार भेटवार्ता गर्दै संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077