Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा ट्रयाक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भीम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो ।

लु ८६ प ४०५ नम्बरको मोटरसाइकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडि राति साढे ९ बजे ठोकिएको थियो ।

ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077