Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११ केजी चाँदीसहित एक जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी परिसर काठमाडौंले ११ केजी ६८ चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही तिलोत्तका ४४ वर्षीय रामचन्द्र थारुलाई चाँदीका गहनासहित नागढुङ्गास्थित चेकप्वाइन्टबाट प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही देखि काठमाडौं आउदैँ गरेको लु १ ख८६२५ नंम्बरको यात्रुवाहक सार्वजनिक बस चेकजाँच गर्दा चालाकको सिटमुनी दुई वटा प्लाष्टिको डिब्बा भित्र राखिएको चाँदीका गहना फेला परेका थिए ।

प्रहरीका अनुसार थारुवाट ब्रासलेट १.२५८ किलो, ठुलो प्रकारको ब्रासलेट ०.८३० किलोग्राम,सिक्री ४.२८६ किलोग्राम र मसिनो सिक्रि ५.३०६ किलोग्राम वरामद गरिएको छ ।

तयारी गहनासहित पक्राउ परेका बस चालक थारुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077