Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बराइली पक्राउ

झापा । प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली परेका छन् ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक–पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077