Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार धुमधामका साथ पूजा गरेर दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् । शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै श्रेष्ठले एकीकृत कारोबार गरेका हुन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको चुक्ता पुँजी २३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी कूल पुँजी ३४ अर्ब रुपैयाँ पुग्दै छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कूल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077