Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जब वडाध्यक्षले नै कुटे कर्मचारी...

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एक वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् ।

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् ।

घाइते जिसीको नाकमा चोट पुगेको प्रहरीमा दिएको उजुरीमा छ । उजुरीमा जिसीले सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।

जिसीलाई अश्लील गालीगलौज हातपात गरेको विषयप्रति कास्की जिल्लामा रहेका क्रियाशील ट्रेड यूनियनले विज्ञप्ति मार्फत वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

कुनाकाप्चासम्म पुगी काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरी कामकाजमा लगाउन पर्नेमा पटक–पटक अश्लिल गाली गर्ने तथा हातपात गर्ने विषय कुनै पनि हालतमा क्षम्य गर्न नहुने विज्ञप्तिमा छ ।

काम गर्ने–गराउने विषयमा वडाध्यक्ष गुरुङ र जिसीबीच विवाद भएको थियो । सोही विवादका क्रममा वडाध्यक्ष गुरूङले हातपात गरेको बताइएको छ । आफ्नो प्रतिष्ठामा आँच आउने गरी सार्वजनिक ठाउँमा कुटपिट गरेकाले वडाध्यक्षलाई आवश्यक कारबाही गर्न उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077