Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - राष्ट्रपतिमा उम्मेदवारी दिन्छौं, अन्त के भइरहेको छ थाहा छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् ।

शुक्रबार संसद भवनबाट फर्किदै गर्दा अध्यक्ष ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताएएका हुन् ।

ओलीले सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरे।

अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको पनि ओलीले बताए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ।

उम्मेदवारको टुंगो लगाउन शनिबार बिहान ९ बजेलाई एमालेले सचिवालय बैठक डाकेको छ। उनले पछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक समिकरण फेरबदलमा भइरहेको प्रयासबारे आफुलाई थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077