Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फागुन १५ मा सार्वजनिक विदा दिन माग

रुपन्देही । नेपाल मगर संघले फागुन १५ मा सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदाको माग गरिएको हो ।

नेपाल मगर संघ बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको संघकी अध्यक्ष बसन्ती साठीघरेले गुनासो गरिन् ।

२०६८ को जनगणनाअनुसार देशभर मगरको जनसंख्या १९ लाख रहे पनि संघले ३० लाख रहेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077