Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं। गणपूरक संख्या नपुग्दा शुक्रबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

एक चौथाई सदस्य संख्या ६९ जना उपस्थित हुनुपर्नेमा ५० जनामात्रै सदस्य रहेकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्य नभएको भन्दै नियमापत्ति जनाएका थिए।

२७५ सांसद रहेको प्रतिनिधिसभामा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।

राष्ट्रपति निर्वाचनले राजनीति गर्माएको बेलामा सांसदहरु बैठक छाडेर हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077