Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारमा जारी चार दलको बैठकअघि माधवले भेटेका थिए ओलीलाई

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा जारी चार दलको बैठक अघि उनीहरुबीच महाराजगंजमा भेटवार्ता भएको हो । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेर निस्किएका ओलीले नेपाललाई भेटेका थिए ।

स्रोतका अनुसार उनीहरुबीच करिव आधा घण्टा छलफल भएको थियो । ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

गत आइतबार पनि दुवै नेताहरुबीच पनि महाराजगंजमा बैठक भएको थियो । उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077