Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारबाट बाहिरिने नेकपा एमालेको तयारी

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरे एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

एमाले उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएका छन् ।

शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले शनिबार बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने बताएका छन् ।

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077