Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपतिमा जसपालाई समर्थन गर्ने आठ दलको निर्णय

काठमाडौं । राष्ट्रपतिमा कांग्रेसबाट साझा उम्मेदवार बनाउने सहमति गरेका आठ दलले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट साझा उम्मेदवारी दिने सहमति गरेका छन् ।

शुक्रबार साँझ बालुवाटारमा बसेको ८ राजनीतिक दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने समझदारी बनाएका हुन् । तर, अहिले उपराष्ट्रपतिको निर्वाचनको मिति नै नतोकिएको भन्दै नेताहरूले त्यसबारे सार्वजनिकरुपमा बोलेका छैनन् ।

माओवादी उपमहासचिव जनार्दन शर्माले पनि प्रधानमन्त्रीको कार्यकाल तीन नेताले छलफल गरेर टुंगो बताउँदै उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको जानकारी दिए ।

बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपाबाट साझा उम्मेदवारी दिने सहमति जुटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077