Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बास्कोटा भन्छन् – अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो

    गोकुल बास्कोटा भन्छन् – अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 594
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने बताए । बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ । उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो । एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।’



    उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनु पर्ने कारण नरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार