Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओली प्रस्तावमा माधव मौन बस्नुको अर्थ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए । नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै गठबन्धन बनाइसकेको र एमालेको मात्रै प्रयासले राष्ट्रपति हुन नसक्ने ठानेर नेपाल ओलीको प्रस्तावमा मौन बसेका हुन् ।

ओलीले महाराजगन्जस्थित एक घरमा नेपालसँग भेट गरेका थिए। प्रधानमन्त्री दाहालसँग कुराकानी गरेर बालुवाटारबाट निस्केका ओली सोझै नेपाललाई भेट्न महाराजगन्जस्थित एक निजी घरमा पुगेका थिए ।

ओलीसँगको वार्तामा अलमलिएका कारण नेपाल कांग्रेस, माओवादीसहितको बालुवाटार बैठकमा केही ढिलो पुगेका थिए । बालुवाटार बैठकपछि मात्रै जबाफ दिन सकिने भन्दै नेपाल ओलीसँग बिदा भएका थिए । ओलीले केही दिनअघि पनि नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077