Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।

आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्नेगरी अहिलेनै सरकारबाट नबाहिरिने निर्णय गरेको उनले बताए।

उपमहासचिव गुरुङले राष्ट्रपतिको उम्मेदवारका लागि उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077