Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन, हामी जित्छौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले दिएको उम्मेदवारी दाउपेचको नभएको बताएका छन्।

राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको मनोनयन दर्तापछि ओलीले यस्तो बताएका हुन् । ओलीले एमालेले विधि पूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताए।

उनले भने, 'हामीले विधि पूर्वध उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ। यो उम्मेदवारी दलीय स्वार्थ होइन्। संविधानको सही र सफल कार्यान्यनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो।'

अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार सर्वत्र स्वीकार्यमात्र नभइ स्वागतयोग्य विषय भएको बताए। वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको बताउँदै ओलीले सार्वजनिकमात्र आज गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077