Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरणका १६ सय ८२ उजुरीमाथि छानबिन, 'कालो धनलाई सेतो’ बनाउने क्रम रोकिएन

काठमाडौं । नेपालमा विभिन्न आपराधिक क्रियाकलाप तथा अवैध धन्दा सञ्चालन गरी सम्पत्ति आर्जन गर्ने क्रममा कमी आएको छैन । विभिन्न निकाय तथा व्यक्तिले त्यसरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने प्रयासविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र पारेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ सम्म जम्मा १६ सय ८२ वटा उजुरी’दयगत छानबिन थालेको छ । त्यसका लागि विभागले प्रारम्भिक जाँचबुच अधिकृत तोेकेर अनुसन्धान प्रक्रियालाई द्रूत गति दिएको हो ।

विभागका महार्निेशक तारानाथ अधिकारीले उजुरीको प्रकृति र गाम्भीर्यताका आधारमा अनुसन्धान प्रक्रियालाई अघि बढाइने बताए । महानिर्देशक अधिकारीका अनुसार स्क्रिनिङ कमिटीले जाँचबुजका लागि उपयुक्त ठह(याएपछि मात्रै प्रारम्भिक जाँचबुझ अधिकृत तोकेर अनुसन्धान थालिने गरिएको छ ।

यसैगरी, विभागमा दर्ता भई प्रारम्भिक अनुसन्धान पूरा भएका उजुरीहरूमध्ये अनुसन्धानमा गएका उजुरीको संख्या आर्थिक वर्ष २०७८/७९ सम्म २ सय ६१ वटा रहेका छन् । तीमध्ये आर्थिक वर्ष २०६८/६९ मा सबैभन्दा धेरै ५७ वटा उजुरी अनुसन्धानमा गएका थिए ।

विभागमा आर्थिक वर्ष २०७७/७८ मा २ सय ५० उजुरी दर्ता भएकोमा १०७ वटा उजुरीको छानबिन थालिएको थियो । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा २ सय ५९ वटा उजुरी प्राप्त भएकोमा २ सय १० वटा उजुरीविरुद्ध छानबिन थालिएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा ३ सय २७ उजुरी दर्ता भएकोमा ३ सय २० वटा उजुरीमाथि छानबिन गरिएको थियो ।
विभागका अनुसार विभागमा पर्ने उजुरीमा नागरिकता तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, मुद्रा बैंकिङ अपराध, चन्दा असुलीलगायत रहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077