Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको ह्याट्रिकमा नासरको सहज जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले डमाकमाथि ३-० गोलको सहज जित निकालेको छ । पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा नासरले डमाकमाथि सहज जित निकालेको हो ।

साउदीमा रोनाल्डोको यो पहिलो ह्याट्रिक भने होइन् । यसअघि लिगकै खेलमा रोनाल्डोले अल वेहदाविरुद्धको खेलमा त चार गोल नै गरेका थिए।

रोनाल्डोको गोलमा जित निकालेको नासर १८ खेलबाट ४३ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको अल इतिहादले पछिल्लो खेलमा बराबरी खेल्दा नासरलाई ठूलै राहत मिलेको छ। इतिहादले समान खेलबाट ४१ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077