Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भक्तपुरमा घरको पर्खाल भत्किदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो ।

पर्खाल भत्किएर पुरिएका बिकको उपचारका क्रममा नागरिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077