Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्यानका अध्यक्ष चन्दले भने - सन्दीप लामिछानेले क्रिकेट खेल्न पाउनुपर्छ

सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन् ।

क्यानको आजदेखि सुरु वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् । बलात्कार आरोप लागेर केन्द्रीय कारागार सुन्धारामा तीन महिनाभन्दा धेरै थुनिएका सन्दीप उच्च अदालत पाटनको आदेशमा गत पुस २९ गते रिहा भएका थिए।

उनलाई त्यसपछि क्यानले माघ १७ गते निलम्बन फुकुवा गर्दै क्यानले राष्ट्रिय टिममा बोलाएको थियो। राष्ट्रिय टिममा फर्किएपछि उनले आइसीसी लिग डिभिजन २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी त्रिदेशी सिरिजमा सर्वाधिक १३ विकेट लिएका थिए।

उनले यसबारे सम्मानित अदालतले गरेको निर्णय आफूहरूले मान्ने बताए । अध्यक्ष चन्दले गत पुसमा आयोजित टी–२० लिगमा म्याच फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताए ।

अहिले बन्दसत्र जारी छ ।साधारणसभाले आगामी वर्षको वार्षिक बजेट विनियोजन, कार्यक्रम पारित गर्नुका साथै नीतिगत समीक्षा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077