Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलक्षित ओलीको कटाक्ष - दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई झुक्याउने प्रयास गरेको बताएका छन्।

आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले प्रचण्डलाई व्यक्तिगत स्वार्थका निम्ति जसलाई पनि झुक्याउन सक्ने पात्रका रुपमा चित्रित गरे।

उनले भने, ‘ प्रचण्डजी हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो । मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ।’

प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताए।

उनले प्रधानमन्त्री प्रचण्डले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएको उल्लेख गर्दै आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताए ।

प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताए । प्रचण्डले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको तर आफूले रोक्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077