Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्डले आफुलाई धोका दिएको भन्दै ओलीले गरे रोदन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई झुक्याउने प्रयास गरेको बताएका छन्।

सहिद तथा घाइतेहरुका परिवारलाई सम्मान गर्न आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, 'प्रचण्ड ढाँट्न, छक्याउन, धोका दिन अफ्ठ्यारो मान्नु हुन्न, जनता र सहयोद्धाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा पुर्‍याउने सिपाही र जीवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूला कुरा भयो र !'

अध्यक्ष ओलीले अस्तीसम्म पनि प्रचण्डले छक्याउने भाषा प्रयोग गरिराखेको बताए। ओलीले दाहाललाई पहिलेदेखि नै राम्रोसँग चिनेको उल्लेख गर्दै सहमति तोडिनसक्ने आकलन गरेको बताए ।

उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए । प्रचण्डले बोल्ने एउटा र काम अर्को गर्ने गरेको पनि ओलीको भनाइ थियो।

पुस १० मा राष्ट्रपति एमालेले पाउने सहमति भए पनि अहिले त्यो सहमतिअनुसार माओवादी नचलेको एमालेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077