Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाको सल्लाहकारबीच भेटवार्ता

काठमाडौं । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उद्योग तथा लगानीसम्बन्धी निजी सल्लाहकारबीच सलमान एफ. रहमानबीच आइतबार ढाकामा भेटवार्ता भएको छ ।

उनीहरुबीच नेपाल र बंगलादेशको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने तथा उर्जा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

राजदूत भण्डारीले पछिल्लो समय बंगलादेशसँग आर्थिक सम्बन्ध बढाउन र उर्जा सम्बन्धलाई अघि बढाउनका लागि भन्दै एकपछि अर्को भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077