Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चारमन्त्री शर्मा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

काठमाडाैं । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आज भेटवार्ता भएको छ ।

काठमाडाैं महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयर बीच छलफल भएको छ।

अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको छ ।

जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा पनि छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077