Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किशोरीहरुलाई बन्धक बनाएर यौन शोषण, चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गरेको आरोपमा चीनको फुजिन सी मेन घर भएका ४९ वर्षीय याङ लिमिङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार उनले नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले तीन किशोरीलाई उद्धार गरेको जनाएको छ ।

कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको समेत ललितपुर प्रहरीले जनाएको छ ।

उनीविरुद्ध जबर्जस्ती करणीको कसूरमा अनुसन्धान गर्न आइतबार प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट थुनामा राख्न म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077