Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा जारी आठ दलको बैठकमा एलिजा गौतमको इन्ट्री

काठमाडौं । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने आठ राजनीतिक दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत ८ दलका शीर्ष नेताहरु बालुवाटारमा आज साँझ छलफलमा जुटेका हुन् ।

समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेका हुन्।

बैठकमा नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतम पनि सहभागी छन् । अभिनेत्री गौतम गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्।

नागरिक उन्मुक्ति पार्टीमा उनको जिम्मेवारीको टुंगो लागेको छैन । आइतबार उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँगै गौतम बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा सहभागी भएकी हुन् ।

आठ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077