Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार तोलाको एक लाख दुई हजारमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077