Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनले भने - देश भूराजनीतिक चेपुवामा छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू सरकारमा रहँदाका बुझाइहरू सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्।

सत्ता गठबन्धन भत्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएसँगै उनले यस्तो बताएका हुन् ।

लिङ्देनले देश बनाउन सकिने र बन्ने समेत दाबी गरे। कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको उनले उल्लेख गरेका छन्। साथै, देश आर्थिक र भूराजनीतिक दृष्टिबाट चेपुवामा परेको पनि उनले बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ ।  नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।’

शनिबार दिउँसो बालुवाटारमा पुगेर उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री लिङदेनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जाराज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका थिए ।

नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेको अभुवन आफ्नो कार्यकालमा गरेको लिङ्देनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077