काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।
सोमबार दुबइ अन्तर्राष्ट्रिय रंगशालामा टस जितर पहिला फिल्डिङ रोजेको नेपालले पीएनजीविरुद्ध खेल जित्न २ सय ४ रनको लक्ष्य पाएको हो।
टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीलाई नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा २०३–९ को स्कोरमा रोक्यो ।
पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे । ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका गुलसन झाले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चिए । कुशल मल्ले ८ ओभरमा ४३ रन खर्चिएर दुई विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए ।
नेपालले शीर्ष तीनमा पर्न सात खेल र एकदिवसीय मान्यता जोगाउन ५ खेल जित्नु पर्नेछ। नेपाल, युएई र पिएनजीबीचको अन्तिम सिरिज फागुन अन्तिम साता नेपालमा हुनेछ।