Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको हो ।

दस वर्ष चलेको जनयुद्ध र त्यसपछि भएका जनआन्दोलनका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिने बताइएको छ । सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो ।

त्यसैलाई राजपत्रमा प्रकाशित गर्न लागिएको बतइएको छ । यसअघि सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077