Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजबाट मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको लागि छलफल गर्ने भएका छन् ।

सरकारबाट एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि प्रधानमन्त्री प्रचण्डले आजदेखि छलफल सुरु गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले आजदेखि मन्त्रिपरिषद् पुनर्गठनका लागि आठ दलीय गठबन्धनका शीर्ष नेतासँग छलफल गर्ने बताइएको छ ।
आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाटै टुंगो लगाइने बताइएको छ ।

मन्त्रिपरिषदमा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले बाहिरिए पछि प्रधानमन्त्री प्रचण्ड मातहत १६ वटा मन्त्रालय रहेका छन् । अहिलेको सात सदस्यीय मन्त्रिपरिषदमा अब माओवादी र जनमत पार्टी मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077