काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।