Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मिश्रले भने – राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गरौँ

    पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मिश्रले भने – राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गरौँ

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नु देशको हितमा रहने बताएका छन् ।

    पूर्व राजा ज्ञानेन्द्र शाहसँग दोस्रो पटक भेटेको जानकारी सामाजिक संञ्जालमा सार्वजनिक गर्दै उपाध्यक्ष मिश्रले यस्तो प्रस्ताव गरेका हुन् ।



    मिश्रले राजा ज्ञानेन्द्रमा विगतका घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि रहे पनि आफ्नो भद्रता र राजकीय गरिमालाई उनले कहिल्यै कम हुन नदिएको बताए ।



    उनले लेखेका छन्, ‘ करिव दुई महिनापछिको दोस्रो भेट!
    १२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको थियो। उनले जनताको चाहना अनुरूप त्यति नै बेला (२०६३ साल वैशाख ११ गते) ‘निरंकुशता’ त्यागिदिए।

    अर्को शब्दमा भन्नु पर्दा उनी आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए। भिषण युद्धमा पनि आत्म समर्पण गरेको सेनालाई मारिँदैन। तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तात्कालिन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए।

    त्यतिबेला र तत्पश्चात, धेरै मानिसहरूले २०५२ सालमा शुरू भएको माओवादी आन्दोलन, हत्या, हिंसा र त्यसपछि विकशित घटनाक्रममा मूलत: अहिलेका प्रमुख नेता र पार्टीमा निहित चरम स्वार्थपरकता, भ्रष्टता, असक्षमता र देशभक्तिको अभाव जिम्मेवार थियो भन्ने विर्सिए। यस्तो भाष्य बनाइयो कि यो देशको सम्पूर्ण दुखको कारक राजसंस्था र राजा ज्ञानेन्द्र हुन्। उनलाई यसरी दानविकृत गरियो कि त्यो बयान गरि साध्य छैन।

    तर राजा ज्ञानेन्द्रमा ती घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टी भए पनि, उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन दिएनन्। मेरो पछिल्ला दुई भेटमा उनमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव पाइन।

    योपटकको भेटमा उनले भने, “मैले त विज्ञप्तिमैँ ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र राजसंस्था एक ठाऊँमा आउनै पर्छ’ भनेर भनिसकेँ नि।”

    जसले जति नै गाली गरोस्, वास्तविकता के हो भने अमेरिका र चिनबीच बढ्दो दरार, भारत र चिनको विश्व शक्तिमा रूपान्तरण, नेपालमा ‘एक गाऊँ, एक चर्च’ को अभियान, जातीय/क्षेत्रीय संवेदनशीलता, पाएसम्म सबैले सबैलाई ‘ढोक्सा’ थापेर फसाउने राजनीतिक प्रवृत्ति र समग्र समाजको चरम नैतिक पतनका कारण देश बढ्दोरूपमा संकटउन्मूख छ।

    कमसेकम एउटा संस्था – राजसंस्था – लाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने यो देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकि रहने छैन।

    रिस-राग, अहं, प्रतिशोध, आक्रोश र व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुख पाउनेछन्। समयमैँ विचार गरौँ। ढिलो गरि आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ। ‘

    राजसंस्थालाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनःस्थापित नगर्ने हो भने यो देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी नरहने मिश्रको निष्कर्ष छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार