Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फिल्म ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक भएको छ ।

मंगलबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको छ । गीतमा चलचित्रका सबै शीर्ष कलाकारलाई व्यंग्य गरिएको छ ।

माग्ने बुढाको आफ्नै कम्पोजमा तयार भएको गीतको भिडियोमा फिल्मका महत्वपूर्ण दृश्यलाई समेत समावेश गरिएको छ ।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ ।

https://youtu.be/1RtYIg3-xWo

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077