Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : यूएईमाथि पीएनजीको फराकिलो जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ ।

पीएनजीले घरेलु टोली यूएईलाई १३१ रनले पराजित गरेको हो । पीएनजीले दिएको २६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा १३१ रन बनाउँदा अलआउट भयो ।

यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद सोपरले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयो ।

पीएनजीका लागि सेसे बाउले ७४ र टोनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक मय्प्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए । शृङ्खलामा पीएनजी, यूएई र नेपाल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077