Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

त्रिनगर ट्राफिक पोष्टका इन्चार्जले असुली धन्दा चलाएको आरोप, छानविन गर्न माग

कैलाली । कैलालीको त्रिनगर ट्राफिक पोष्टका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) नरिभान साउँदमाथि असुली धन्दा गरेको आरोप लागेको छ ।

उनले पोष्टमा बसेर प्रत्येक टेक्टर, अटोलगायतका गाडीहरुमाथि अत्यधिक ज्यादती गरेको आरोप लगाउँदै छानविन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखामा निवेदन परेको हो ।

हुलाकमार्फत ‘जनआवाज धनगढी’को नामबाट आएको पत्रमा निवेदक ‘जनताको गुनासो र सही छानविन’ लेखिएको छ । यद्यपि आरोप पत्रमा ‘हामी टेक्टर, ट्रक, अटो तथा गाडी व्यवसायीहरुको माग’ भनेर उल्लेख छ ।

धनगढीस्थित दीपेन्द्र प्रहरी स्कुलको एकाउन्टेन्ट हुँदा भवन निर्माणका क्रममा विभिन्न नक्कली बीलहरु पेश गरि भ्रष्टाचार गरेको, त्रिनगर ट्राफिक पोष्टमा बसेर प्रत्येक टेक्टर, अटोलगायतका गाडीहरुमाथि अत्याधिक ज्यादती गरेको, भन्सारमा सवारी साधनबाट मासिक रुपमा असुली गर्ने गरेको आरोप लगाउँदै सई साउँदका विगतदेखिका क्रियाकलापलाई ध्यानमा राख्दै छानविन गरि बर्खास्त गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077