Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अष्ट्रेलियामा भारतीय नागरिकको गोली हानी हत्या

एजेन्सी । अष्ट्रेलियाको प्रहरीले मंगलबार भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई गोली हानेर हत्या गरेको छ ।

सिड्नीको अबर्न रेलवे स्टेशनमा एक क्लिनरमाथि छुरा प्रहार गर्नुका साथै प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेकाले उनलाई गोली हानी हत्या गरिएको हो ।

अस्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासका अनुसार ब्रिजिङ भिसामा अबर्नमा बस्दै आएका आक्रमणकारी भारत तमिलनाडुका हुन् ।

अष्ट्रेलियास्थित भारतीय महावाणिज्य दूतावासले घटना अत्यन्तै डरलाग्दो र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077