काठमाडौं । साताको चौथो दिन दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको छ।
छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।